जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ? « Khabarhub

एक महिनापछि बोल्यो सेना

जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ गते पहिलो दिन भएको जेन-जीको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाले तत्कालै ज्यान गुमाए ।

काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवन परिसर र त्यसअगाडिको सडकमा गोली चल्दा घाइते भएकामध्ये केहीले उपचारका क्रममा ज्यान गुमाए ।

त्योभन्दा ठूलो हताहती भदौ २४ गतेको विध्वंशक प्रदर्शनका क्रममा भएको थियो । भदौ २३ गते १९ जनाको ज्यान गएपछि भोलिपल्ट भएको विध्वंशक र हिंस्रक प्रदर्शनका क्रममा मात्रै ५७ जनाले ज्यान गुमाए ।

यसरी ज्यान गुमाउने निजी तथा सरकारी कार्यालय जलाउन पसेकाहरू पनि थिए । काठमाडौं र अन्य स्थानका भाटभटेनी जलाउन पुगेका मात्रै झन्डै दर्जन संख्यामा जलेर बिते ।

त्यसरी जलेका ८ जनाको अझै पनि सनाखत हुन सकेको छैन । हाडखोड मात्रै बाँकी रहेकाले उनीहरूको डीएनए परीक्षण गरेर पहिचान गर्न चिकित्सकहरूलाई मुस्किल परेको छ।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको जम्मा संख्या ७६ हो । तर ती सबै आन्दोलनमा सहभागी भएर मारिएका होइनन् ।

उक्त कुराको पुष्टि नेपाली सेनाले शुक्रबार जंगी अड्डामा गरेको पत्रकार सम्मेलनका क्रममा भएको छ । सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्दा मारिनेहरूको विवरणमा केही अलमल देखिएको छ ।

सहायक रथी राजाराम बस्नेतले सार्वजनिक गरेको विवरणअनुसार जेन-जी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका २२ जनाको ज्यान गएको थियो । उनीहरू भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मारिएका हुन् ।

सेनाको तथ्यांक अनुसार देशभर ४५४ स्थानमा आन्दोलन हुँदा २२ जना प्रदर्शनकारीको विभिन्न कारणले ज्यान गएको थियो । सेनाले उल्लेख नगरे पनि उनीहरूलाई प्रहरीले हानेको गोली लागेको थियो ।

उक्त आन्दोलनका क्रममा सडकमा खटिएका ३ जना प्रहरीको प्रदर्शनकारीले ज्यान लिएका थिए । यी तीनजना प्रहरीलाई आन्दोलनकारीले कुटेर ज्यान लिएका थिए ।

उता देशभरका कारागारबाट भाग्ने क्रममा १० जना कैदीले पनि ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा रामेछाप कारागारमा मात्रै तीनजना थिए । उनीहरूलाई भाग्ने क्रममा प्रहरी र सेनाले गोली चलाउँदा मारिएका हुन् ।

सेनाले सार्वजनिक गरेको तथ्यांकमा जेन-जी आन्दोलनका क्रममा अन्य ४१ जना नागरिकले ज्यान गुमाएको उल्लेख छ । तर उनीहरू को थिए ? कसरी मारिए भन्ने सेनाले केही खुलाएको छैन ।

सेनाले केही नखुलाए पनि उनीहरू आन्दोलनका नाममा विभिन्न व्यापारिक प्रतिष्ठान लुटपाटका क्रममा ज्यान गुमाउनेहरू रहेको अनुमान गरिएको छ । दर्जनबढीको भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा लुटपाटका क्रममा लडेर वा जलेर ज्यान गएको थियो ।

प्रदर्शनमै नगएका केही व्यापारिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको पनि मृत्यु हुन पुगेको थियो । तर सरकारले जेन-जी आन्दोलनका क्रममा मारिएका सबैजनालाई सहिद घोषणा गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १६ बजे

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी