लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी « Khabarhub

लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटिएका ९७८ थान हतियारमध्ये ३९२ थान अझै नभेटिएको जनाएको छ।

भदौ २४ गते राति १० बजेदेखि तीन दिनसम्म सडकमा निस्किएको सेनाले लुटिएकामध्येका आधाभन्दा धेरै हतियार बरामद गरे पनि अन्य नभेटिएका हुन् ।

शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने क्रममा सहायक रथी राजाराम बस्नेतले यसबारे जानकारी दिएका हुन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले खासगरी नेपाल प्रहरीले प्रयोग गर्ने एसएलआर, इन्सास, एसएमजी, अटोमेटिक पेस्तोल र ग्यास गनसहित सयौँ हतियार लुटेर लगेका थिए ।

त्यसैगरी सेनाले जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १५ हजार ८५८ जना कैदीमध्ये झन्डै आधा बाहिरै रहेको जनाएको छ।

सेनाको विवरणमा अझै पनि ६ हजार ७९९ जना कैदी फरार रहेको जनाएको छ। सेनाका अनुसार अहिलेसम्म ८ हजार ७८९ जना कैदी बन्दी पक्राउ परेर वा आफैं कारागारमा फर्किसकेका छ्न् ।

सेनाले यी सबै विवरणलाई हालसम्मका प्रारम्भिक तथ्यांक भनेको छ। सेनाले कैदी बाहिरै रहेको र हतियारहरू पनि बरामद भएको अवस्थामा देशको शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको पनि जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : ३७ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको