‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन « Khabarhub

‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पैरवी बुक हाउस प्रालीको आयोजनामा शुक्रबार एक कार्यक्रमकाबीच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ ।

नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धमाथि केन्द्रित रहेर उक्त कृति लेखिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको गहिरो अध्ययन र पुनः पाठको आवश्यकता औँल्याउँदै सिम्रौनगढ र नेपाल मण्डलबीचको ऐतिहासिक सम्बन्धबारे अझ अनुसन्धान गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकार फेरिए पनि इतिहास मेटिँदैन र फेरिँदैन । सिम्रौनगढको इतिहासको गहिराइ बुझ्न थप खोज र अनुसन्धान अपरिहार्य छ । किरात सभ्यता र नेपाल मण्डलबीचको अन्तर्क्रिया अझ खोतलिनुपर्ने विषय हो ।’

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रको इतिहास चिनाउने मेरुदण्डका रूपमा पुस्तक रहेको उल्लेख गर्दै इतिहास लेखनको परिप्रेक्ष्य अझ समावेशी, तथ्यपूर्ण र आलोचनात्मक हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सिम्रौनगढ क्षेत्रको पुरातात्त्विक महत्त्वमाथि प्रकाश पार्दै विभाग सिम्रौनगढका सम्पदाको संरक्षणमा सक्रिय रहेको जानकारी दिए  । 

उनले भने, ‘सम्पदा संरक्षणको काम केबल सरकारको एकल जिम्मेवारी होइन, यो साझा दायित्व हो । सिम्रौनगढको सम्पदा नेपाली पहिचानको गौरव हो र यसको संरक्षणमा हामी प्रतिबद्ध छौँ ।’

कार्यक्रममा लेखक रोशनकुमार झाले पुस्तक लेखनको प्रेरणा, उद्देश्य र अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै सिम्रौनगढ क्षेत्रको ऐतिहासिक महत्त्व अझै पनि गहिरो रूपमा नबुझिएको उल्लेख गरे । 

उनले आफ्नो कृति नेपाल मण्डल र सिम्रौनगढबीचको ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गर्ने प्रयास भएको बताए ।

नेपाल बार एशोसियसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्र, वरिष्ठ पत्रकार सुधीर शर्मा, संस्कृतिविद् जगमान गुरुङ, इतिहासविद् प्रा डा पुरुषोत्मलोचन श्रेष्ठ, पूर्वन्यायाधीश शेषराज सिवाकोटी, प्रभाकरलाल झा, देवेन्द्रनाथ तिवारी, दिनेशराज पन्त, नागरिक अगुवा कनकमणि दीक्षितलगायतले नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धजस्ता ऐतिहासिक क्षेत्रलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्नुपर्ने र यस्ता अनुसन्धानात्मक कृतिहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए  । 
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ०३ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद