नेपालको उत्कृष्ट ब्याटिङ, सामोआले पायो २ सय १२ रनको चुनौती « Khabarhub

नेपालको उत्कृष्ट ब्याटिङ, सामोआले पायो २ सय १२ रनको चुनौती


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २ सय १२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएपछि सामोआले उक्त लक्ष्य पाएको हो ।

आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौैका प्रहार गरे ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उत्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन ।

नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ३५ बजे

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति