आरोपी सचिवलाई नै क्षतिको विवरण संकलनको जिम्मा, सात दिनलाई उपत्यका बाहिर जान अनुमति « Khabarhub

छानबिन आयोगको निर्णय

आरोपी सचिवलाई नै क्षतिको विवरण संकलनको जिम्मा, सात दिनलाई उपत्यका बाहिर जान अनुमति


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि काठमाडौँ उपत्यका बाहिर जान अनुमति दिने निर्णय गरेको छ।

आयोगको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो। आयोगका अनुसार सचिव दुवाडी भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गृह मन्त्रालयका सचिवको हैसियतले काम गरेका थिए।

उनी हाल मन्त्रिपरिषद्को निर्णयअनुसार आन्दोलनका क्रममा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार गर्न गठित समितिका संयोजक छन्।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार दुवाडीले सातै प्रदेशमा स्थलगत भ्रमण गरी क्षतिको मूल्याङ्कन गर्नुपर्ने भएकाले उपत्यका छाड्न रोक लगाइएको निर्णयमा आंशिक फुकुवा गरिएको हो। अनौठो के छ भने जेन-जी आन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका उनै सचिव दुवाडीलाई क्षतिको विवरण संकलन गर्न आयोगले काठमाडौंबाहिर पठाउन लागेको हो ।

आयोगका निर्णय अनुसार, दुवाडीलाई अधिकतम सात दिनका लागि आयोगलाई जानकारी गराएर उपत्यका बाहिर जान अनुमति दिइएको छ। तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् रहनेछ।

आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालय, उद्योग–व्यवसाय, राजनीतिक दल, शिक्षण संस्था र निजी सम्पत्तिमा भएको क्षतिको विवरण अझै नआएको भन्दै सम्बन्धित निकायलाई विवरण पठाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५० बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय