एमाले नेताहरूलाई ओलीको जवाफ- कोही पनि विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन « Khabarhub

एमाले नेताहरूलाई ओलीको जवाफ- कोही पनि विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर तीतो अभिव्यक्ति दिएका छन् ।

तीन दिनसम्म ललितपुरमा चलेको १० औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भण्डारीलाई आफूले अप्ठ्यारो बेलामा साथ दिएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने आवाज उठाएपछि ओली आक्रोशित भएका हुन् । उनले ती नेताहरूलाई मण्डारीको माइती बनेर पार्टी राजनीतिमा फर्काउने कुरा गर्न नहुने सुझाव दिए ।

‘जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ’, ओलीले अगाडि भने, ‘कोही-कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु।’

बुधबारदेखि जारी बैठकमा अध्यक्ष ओलीले पार्टीको समसामयिक राजनीति, रणनीति र आगामी कार्यदिशाबारे केन्द्रित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमाथि धारणा राख्ने क्रममा ५० जना केन्द्रीय सदस्यहरूले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बताएका थिए ।

दसौँ केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने आवाज बलियो बनेको छ।

गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्वराष्ट्रपति भण्डारीको नवीकरण भइसकेको सदस्यता रोक्दै पार्टीमा फर्किन निषेध गरेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ०७ बजे

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले

एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधारात्मक निर्देशन

काठमाडौं– नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

प्रतिनिधिसभा निर्वाचन १९ दिन बाँकी : १४ जिल्लाको मतपत्र छाप्न बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल