हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ? « Khabarhub

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले पहिलो दिन आशाजनक व्यापार गरेको छ ।

फिल्मका शीर्ष कलाकारहरु अनमोल, नायिका जसिता गुरुङ र आँचल शर्मा दर्शकसँग प्रत्यक्ष भेटर प्रतिक्रिया लिन हल भिजिटमा पुगेका छन् ।

प्रि बुकिङ नै सन्तोषजनक रहेको यस फिल्मको आजका धेरैजसो शोले उच्च अकुपेन्सी पाएका थिए ।

दर्शकले अनमोललाई फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

आजको अकुपेन्सी र दर्शकले प्रतिक्रियाले फिल्मले राम्रो व्यापार गर्नेमा उनी आशावादी देखिन्छन् ।

उनले भने, ‘बुकिङ नै राम्रो थियो । यसले फिल्मले राम्रो व्यापार गर्छ भन्ने हाम्रो विश्वास हो ।

‘पहिलो दिनको व्यापार एक करोड कट्छ ?’ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘राम्रो व्यापार गर्छ । कलेक्सन भनेको नम्बर हो । त्यो त पछि सार्वजनिक भइहाल्छ । मेरा लागि मुख्य कुरा दर्शकको साथ र माया हो ।’

यस फिल्ममा नायक भुवन केसी र केदार घिमिरे ‘माग्ने बूढा’समेत मुख्य भूमिकामा रहेका छन् ।

‘जेरी अन टप’को निर्देशक सुगोग गुरुङ हुन् । अन्नया फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मकफ प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित