अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि | Khabarhub Khabarhub

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्न सफल भएको छ ।

शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्‍यो ।

नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।

जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे ।

त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे ।

नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले ओमनलाई ३८ रनले पराजित गरेको थियो । त्यसैगरी नेपालले कतारलाई पाँच रन, यूएईलाई एक रनले पराजित गरेको थियो ।

ग्रुप बीमा रहेको नेपालले समूह चरणमा जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३७ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न