एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव « Khabarhub

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि तीन दिनसम्म ललितपुरमा चलेको केन्द्रीय कमिटीको दशौँ बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै मंसिर २७ देखि २९ सम्म ११ औँ पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतले सुझावसहित पास गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय बैठकले गरेको गौतमले जानकारी दिए। जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न बैठकले माग गरेको छ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन हलबाट पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।

त्यस्तै ५० जना केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न आग्रह गरेपछि अध्यक्ष ओलीले कुरा गर्ने बताएका छन् ।

‘विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, म व्यस्त भएर फोन उठाउन पाइनँ । बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु,’ ओलीले भने ।

उनले भण्डारीले निवेदन दिए पार्टी सदस्यताबारे निर्णय गर्न सकिने सङ्केत गरे । ‘मैले पहिला पनि भनेकै हो, सदस्यताका लागि निवेदन दिन, उहाँले दिनुभएको छैन । दिनुभयो भने निर्णय गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४१ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना