दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ « Khabarhub

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

“हामी केही हप्तामा भेट्नेछौँ,” फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’सँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य व्यक्तिसँग पनि भेट्ने कार्यक्रम तय गरेका छौँ ।

उनले भने, “राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक छ ।” एपेक शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चिनिने चीनसँगको व्यापार युद्धमा जोखिम बढेपछि ट्रम्पले बैठक रद्द गर्ने चेतावनी दिएका थिए । उनले दुर्लभ खनिजहरूमा नयाँ चिनियाँ निर्यात प्रतिबन्धको ‘असाधारण आक्रामक’ जवाफमा करवृद्धिको चेतावनी जारी गरेका थिए ।

त्यसपछि ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भने, “अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न !” गत जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताबीचको यो पहिलो भेट हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ४७ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने