आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल | Khabarhub Khabarhub

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल) मा एक पटक खेल्ने सपना नबोकेका क्रिकेटर सायदै होलान् ।

आईपीएलको अक्सनमा परेर सोल्ड हुनु सानोतिनो कुरा होइन । विश्व क्रिकेटमा राम्रो छाप छाडेका क्रिकेटरले मात्रै आईपीएलमा खेल्ने मौका पाउँछन् ।

आईपीएलले विदेशी खेलाडीका लागि बनाएको नियमले थप जटिलता सिर्जना गर्छ । आईपीएलको एक फ्रन्चाइजी टिमले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । चारभन्दा बढी विदेशी ‘प्लेइङ ११’ मा राख्न पाइँदैन ।

यसका बावजुद आईपीएलमा सहभागी भएर खेल कौशल देखाएका साउथ अफ्रिकी खेलाडीले नेपाल प्रिमियर लिगको दोस्रो सिजन खेल्ने भएका छन् ।

क्रिकेटमा साउथ अफ्रिका आफैँमा ठूलो नाम हो । विश्व क्रिकेटममा उसको उपस्थिति बलियो छ । यो देशले धुरन्धर खेलाडी जन्माएको छ ।

यहाँ आईपीएलमा सहभागी भइसकेका साउथ अफ्रिकी खेलाडीको चर्चा गरिएको छ । जसलाई यस पटक कीर्तिपुर मैदानमा बलिङ र ब्याटिङ गरिरहेको देख्न पाइन्छ ।

डु प्लेसिस : एनपीएलकै ठूलो नाम फाप डु प्लेसिस साउथ अफ्रिकी पूर्वकप्तान हुन् । उनले विराटनगर किंग्सबाट खेल्ने तय भएको छ ।

उनले तीनै फर्म्याटका अफ्रिकी टोलीको कप्तानी सम्हालेका छन् । उनी विश्व चर्चित ब्याटर र फिल्डर हुन् । उनले आईपीएल टिम रोलय च्यालेन्जर्स बेंग्लुरुको कप्तानीसमेत (सन् २०२२–०२४) गरेका थिए ।

त्यसअघि उनी सहभागी चेन्नई सुपर किङले सन् २०१८ र २०२२ को दुई सिजनमा उपाधिसमेत जितेको थियो ।

चेन्नई : सन् २०१२–०१५ को संस्करण
राइजिङ पुने सुपरजाइन्ट : सन् २०१६–०१७ को संस्करण
चेन्नई : सन् २०१८–०२१
बेंग्लुरू : सन् २०२२–२४ (कप्तान)
दिल्ली क्यापिटल्स : सन् २०२५

डु प्लेसिसले देशबाट ६९ टेस्ट म्याच खेल्दा चार हजार १६३ रन जोडेका छन् । यसमा ११ शतक र २१ अर्धशकत समावेश छ ।

उनले १४३ म्याच खेल्दा पाँच हजार ५०७ रन जोडेका छन् । यस दौरान उनले १२ शतक र ३५ अर्धशतक जोडेका छन् ।

समग्र ४२४ टी–ट्वेन्टी खेलमा उनले ११ हजार ९०६ रन जोडेका छन् । फिल्डिङमा उनले २११ क्याच लिएका छन् ।

इमरान ताहिर – साउथ अफ्रिकाका बलर ताहिर जनकपुर बोल्ट्सबाट खेल्दैछन् । उनी विश्व क्रिकेटका चर्चित खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनी सन् २०११ देखि ०१९ सम्म सक्रिय थिए । ताहिरले तीन टिम दिल्ली क्यापिटल, राइजिङ पुने सुपरजाइन्ट र चेन्नईबाट आईपीएल खेलेका छन् ।

उनले सन् २०१९ को संस्करणमा सिजनकै सबैभन्दा बढी २७ विकेट लिएका थिए । त्यसबेला उनी चेन्नईमा आबद्ध थिए ।

उनी आबद्ध हुँदा चेन्नईले आईपीएलको ट्रफी दुई पटक जितेको थियो । उनले समग्रमा ४४६ वटा टी–ट्वाटी म्याच खेल्दा ५७० वटा विकेट लिएका छन् । उनले देशका लागि २० टेस्ट, १०७ ओडीआई र ३८ टी–ट्वान्टी म्याच खेलेका छन् ।

मर्चेट डि लाङ्गे – विराटनगर किङस्बाट एनपीएल खेल्न लागेका साउथ अफ्रिकन तीव्र गतिका दायाँ बलर डि लाङ्गेले तीन संस्करणको आईपीएल खेलेका छन् ।

उनले सन् २०१२ को संस्करणमा कोलकत्ता नाइट राइडर्सबाट खेलेका थिए । सन् २०१४ र ०१५ को संस्करण भने मुम्मबई इन्डियन्सबाट खेलेका थिए ।

उनले समग्रमा जम्मा १५५ टी ट्वान्टी म्याच खेलेका छन् । जसमा १७४ विकेट लिएका छन् ।

उनले देशबाट चार टेस्ट र चार ओडीआई म्याच लेखेका छन् । ६ टी–ट्वाटीआई म्याचमा ७ विकेट लिएका छन् ।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०११ देखि सन् २०१६ सम्म सक्रिय थिए ।

वायन पर्नेल – जनकपुर बोल्ट्सबाट खेल्न लागेका पर्नेल साउथ अफ्रिकाका पेस बलर अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००९ देखि २०२३ सम्म सक्रिय थिए ।

उनले पछिल्लो समय सन् २०२३ को संस्करणको आईपीएल आरसीबीबाट खेलेका थिए । त्यसअघि उनले सन् २०१४ मा दिल्ली क्यापिटलबाट खेले ।

सन् २०११ – ०१४ सम्म उनले पुने वारिअर इन्डियाबाट आईपीएल खेलेका थिए । उनले समग्रमा ३०६ वटा टी–ट्वान्टी म्याच खेल्दा ३२३ वटा विकेट लिएका छन् ।

देशका लागि ५६ वटा टी–ट्वाटी म्याच खेल्दा ५९ विकेट लिएका छन् । उनीसँग ७३ वटा ओडीआई र ६ वटा टेस्ट म्याच खेलेको अनुभव छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ०२ बजे

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दाङ– आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर– बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा