एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा « Khabarhub

एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ। आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई आठ विकेटले हराएको हो।

सुरुमा ब्याटिङ गरेको भारत ‘ए’ले १९ ओभर खेल्दा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४५ रन जोड्दा नमन धिरले ३५ रन थपे। हर्ष दुवेले १९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

पाकिस्तानका लागि शाहिद अजिजले तीन विकेट हात पार्दा साद मसुद र माज सदाकातले समान दुईदुई विकेट लिए।

१३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर दुई बल खेल्दा आठ विकेटको जित निकालेको हो। उसका लागि ओपनर माज सदाकतले अर्धशतकीय इनिङ्स खेले। ४७ बल खेल्दा चार छक्का र सात चौका हिर्काएका उनले ७९ रन बनाएका हुन्।

अलराउन्ड सदाकतको उत्कृष्ट प्रदर्शनले पाकिस्तान भारतलाई हराउँदै एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो। समूह ‘बी’मा रहेको पाकिस्तान चार अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको भारले दुई अंक मात्र जोडेको छ। यो समूहमा रहेको ओमानलेसमेत दुई अंक जोडेको छ। यो समूहमा भारत, पाकिस्तान, यूएई र ओमान छन्।

समूह ‘ए’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। यो समूहबाट बंगलादेश र अफगानिस्तानले दुईदुई अंक जोड्दा हङकङ र श्रीलंका अंकबिहीन छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी