सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का « Khabarhub

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका २५ वटा रुग्ण ठेक्का तोडेको छ । 

डिभिजन अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेको हो । 

काठमाडौं भित्रका सडक निर्माण तथा मर्मतको लागि व्यवसायीसँग विभिन्न मितिमा ठेक्का सम्झौता भएको थियो । 

व्यवसायीलाई लिखित तथा मौखिक रूपमा समय सीमाभित्रै काम सम्पन्न गर्न अनुरोध गर्दा समेत नटेरेपछि ठेक्का तोडेको कार्यालयले जनाएको छ ।

कार्यालयले कार्तिक ११ मा १५ दिने हदम्यादसहित स्पष्टीकरण माग गर्दा व्यवसायीले अर्थपूर्ण जवाफ नदिएपछि सार्वजनिक खरिद ऐन २०६३ अनुसार कार्तिक ३० मा ठेक्का सम्झौता अन्त्य गरिएको छ । 

पोस्ट समापन मूल्याङ्कनमार्फत निर्धारण हुने रकम सरकारी बाँकी सरह असुल हुने भएकाले अबको १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक मिलाउन व्यवसायीलाई कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : ०३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै