सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का « Khabarhub

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका २५ वटा रुग्ण ठेक्का तोडेको छ । 

डिभिजन अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेको हो । 

काठमाडौं भित्रका सडक निर्माण तथा मर्मतको लागि व्यवसायीसँग विभिन्न मितिमा ठेक्का सम्झौता भएको थियो । 

व्यवसायीलाई लिखित तथा मौखिक रूपमा समय सीमाभित्रै काम सम्पन्न गर्न अनुरोध गर्दा समेत नटेरेपछि ठेक्का तोडेको कार्यालयले जनाएको छ ।

कार्यालयले कार्तिक ११ मा १५ दिने हदम्यादसहित स्पष्टीकरण माग गर्दा व्यवसायीले अर्थपूर्ण जवाफ नदिएपछि सार्वजनिक खरिद ऐन २०६३ अनुसार कार्तिक ३० मा ठेक्का सम्झौता अन्त्य गरिएको छ । 

पोस्ट समापन मूल्याङ्कनमार्फत निर्धारण हुने रकम सरकारी बाँकी सरह असुल हुने भएकाले अबको १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक मिलाउन व्यवसायीलाई कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : ०३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ