४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च « Khabarhub

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ४ महिना अर्थात् कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब ३३ अर्ब ३४ लाख आम्दानी र ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको हो ।

चालु आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म जम्मा लक्ष्यको २१.७२ प्रतिशत मात्रै आम्दानी गरेको हो । 

जसमध्ये सो अवधिसम्म सरकारले लक्ष्यको २३.१५ प्रतिशत कर आम्दानी, १२.७३ प्रतिशत गैरकर आम्दानी र ६.५३ प्रतिशत अनुदान आम्दानी गरेको महालेखाले जनाएको छ ।

सरकारले चालु आवमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर आय, १ खर्ब ५४ अर्ब, ४१ करोड ६१ लाख गैर कर आय र ५३ अर्ब ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान आय गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सरकार चालु र वित्तीय व्यवस्थापन तर्फको खर्चको तुलनामा पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । 

समीक्षा अवधिमा सरकारले ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ सञ्चालन खर्च र १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ वित्तीय व्यवस्थापन खर्च गरेको छ । 

सरकारले समीक्षा अवधिमा चालु खर्च र वित्तीय व्यवस्थापन खर्च वार्षिक लक्ष्यको क्रमशः २७.१८ र ३२.६७ प्रतिशत खर्च गरेको हो ।

तर, सरकारले समीक्षा अवधिमा पुँजीगत खर्च भने लक्ष्यको ६.२१ प्रतिशत मात्रै खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : ५२ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी