४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च « Khabarhub

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ४ महिना अर्थात् कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब ३३ अर्ब ३४ लाख आम्दानी र ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको हो ।

चालु आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म जम्मा लक्ष्यको २१.७२ प्रतिशत मात्रै आम्दानी गरेको हो । 

जसमध्ये सो अवधिसम्म सरकारले लक्ष्यको २३.१५ प्रतिशत कर आम्दानी, १२.७३ प्रतिशत गैरकर आम्दानी र ६.५३ प्रतिशत अनुदान आम्दानी गरेको महालेखाले जनाएको छ ।

सरकारले चालु आवमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर आय, १ खर्ब ५४ अर्ब, ४१ करोड ६१ लाख गैर कर आय र ५३ अर्ब ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान आय गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सरकार चालु र वित्तीय व्यवस्थापन तर्फको खर्चको तुलनामा पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । 

समीक्षा अवधिमा सरकारले ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ सञ्चालन खर्च र १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ वित्तीय व्यवस्थापन खर्च गरेको छ । 

सरकारले समीक्षा अवधिमा चालु खर्च र वित्तीय व्यवस्थापन खर्च वार्षिक लक्ष्यको क्रमशः २७.१८ र ३२.६७ प्रतिशत खर्च गरेको हो ।

तर, सरकारले समीक्षा अवधिमा पुँजीगत खर्च भने लक्ष्यको ६.२१ प्रतिशत मात्रै खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ