त्रिवि क्रिकेट मैदान बनेपछि केपी ओलीको पहल र क्रिकेट प्रेमीको प्रयासलाई सम्झिए शंकर पोखरेलले « Khabarhub

त्रिवि क्रिकेट मैदान बनेपछि केपी ओलीको पहल र क्रिकेट प्रेमीको प्रयासलाई सम्झिए शंकर पोखरेलले


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’ भन्दै प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहल र क्रिकेट प्रेमीहरूका प्रयासप्रति बधाई दिएका हुन् । 

महासचिव पोखरेलले लेखेका छन्, ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नेपाली क्रिकेटको स्तर उकास्ने मात्र होइन, खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने महत्त्वपूर्ण आधार बनेको उनले बताए।

एमाले अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी ओली पछिल्लो पटक प्रधानमन्त्री हुनेबित्तिकै त्रिवि क्रिकेट रङ्गशालालाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले छुट्याएको ४० करोड बजेटले यो स्टेडियमको आधुनिक स्वरुप १० महिनामै तयार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ०० बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि