वीर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता « Khabarhub

वीर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् ।

उनले अझै पनि अस्पतालमा आउने बिरामीहरूको केही गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिए । 

अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराए । मन्त्री गौतमले दरबन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरे ।

सो क्रममा वीर अस्पतालका अधिकारीहरूले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० बेडको व्यवस्था गरिएको जानकारी गराएका थिए । 

उनीहरूले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी