काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर « Khabarhub

एनपीएल

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज सोमबार ४ बजेदेखि कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

जनकपुर यो पटक पनि उपाधि आफ्नो पक्षमा पार्ने उद्देश्यमा छ । अनिलकुमार साहको कप्तानीमा रहेको यो टिम लगातार उपाधि जित्ने योजनामा छ । त्यसकै लागि ७ जना विदेशी खेलाडी भित्र्याइएको छ । ‘एक टिममा ७ विदेशी खेलाडी’ राख्न पाउने एनपीएलको नियमलाई जनकपुरले सक्दो उपयोग गरेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौं पनि यो पटक पहिलो सिजनको निराशा भुल्दै उपाधि जित्ने होडमा छ । ६ जना विदेशी खेलाडी भित्र्याएर यो टोलीले सकेको मजुबुत हुने कोसिस गरेको छ ।

गत सिजनमा काठमाडौं समूह चरणको सात खेलमा तीन हार बेहोर्दै ८ अंकमा सीमित बन्दा क्वालिफयरमा पुग्न सकेको थिएन ।

काठमाडौं र जनकपुर समूह चरणको एक खेलमा आमनेसामने भएका थिए । पहिला ब्याटिङमा उत्रिएको काठमाडौंमा १९ आभेर ३ बल खेलेको सबै विकेट गुमाउँदै जनकपुरलाई १०२ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा उक्त लक्ष्य सहजै पार गरेको थियो ।

काठमाडौंलाई आजको खेलमा जनकपुरसँग गत सिजनको समूह चरणको बदला लिने अवसर छ ।

कस्तो छ जनकपुर ?

राष्ट्रिय टिमका तीन स्टार खेलाडी ब्याटर अनिलकुमार साह, ब्याटर आशिफ शेख र बलर ललित राजवंशी जनकपुरमा छन् ।

अघिल्लो सिजनमा बलिङमा कमल देखाएका किशोर महतोले यही टिममा निरन्तरता पाएका छन् ।

अघिल्लो सिजन ब्याटिङमा राम्रो गरेका लाहिरु मिलन्था पनि टिममा दोहोरिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका साउथ अफ्रिकन बलर इम्रान ताहिर पनि टिमले भित्र्याएको छ ।

नामिबियाका अलराउन्डर ब्याटर जन निकोल लोफ्टी–इटन, साउथ अफ्रिकाका बलर वेन पार्नेल, श्रीलंकाका अलराउन्डर लाहिरु समरकुन, श्रीलंकन ब्याटर संगीत कुरेलाई भित्र्याएर जकपुर बोल्ट्स यो पटक कीर्तिपुर मैदानमा प्रभाव देखाउने योजनामा छ ।

यो टिमले विदेशी ब्याटर र बलर भित्र्याएर आफ्नो दुवै पक्ष बलियो बनाएको छ ।

कस्तो छ काठमाडौं गुर्खाज ?

काठमाडौंका कप्तान करण केसी राष्ट्रिय टिमका स्टार बलर हुन् । राष्ट्रिय टिमकै स्टार खेलाडी तथा मध्यक्रमबाट ब्याटर भीम सार्की काठमाडौंका महत्त्वपूर्ण खेलाडी हुन् ।

राष्ट्रिय टिमै बलर रशिद खान यस टिममा छुटाउनु नहुने अर्को नाम हो । नामिबियाका अलराउन्डर तथा ब्याटर गेरहार्ड यरास्मर यो सिजनमा पनि काठमाडौंले निरन्तरता दिएको छ । अघिल्लो सिजनमा उत्कृष्ट खेलेका विदेशीमा उनको नाम पनि आउँछ ।

साउथ अफ्रिकाका ब्याटर रिकार्डो भास्कोन्सेलोस, इङल्यान्डका ब्याटर जोन सिम्पसन, अमेरिकाका ब्याटर सन्नी पटेल, इङ्ल्यान्डका मध्यक्रममका ब्याटर बेन चालसर्वर्थलाई भित्र्याएर काठमाडौंले ब्याटिङ पक्ष मजबुत पारेको छ । त्यस्तै, यो टिममा अमेरिकाका अलराउन्डर ब्याटर मिलिन्द कुमार पनि छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : १४ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा