जेन-जी ‘विद्रोह’को गम्भीर प्रभाव : वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो « Khabarhub

जेन-जी ‘विद्रोह’को गम्भीर प्रभाव : वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्यो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली अर्थतन्त्रमा जेन-जी ‘विद्रोह’को गम्भीर र नकारात्मक प्रभाव पर्न थालेको देखिएको छ । जेन-जी ‘विद्रोह’को नकारात्मक प्रभाव नेपालमा आउने वैदेशिक लगानीको क्षेत्रमा पर्न पुगेको देखिएको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ पछिको दुई महिना नेपालको औद्योगिक क्षेत्रमा आउने वैदेशिक लगानी प्रतिबद्धता दोब्बर-तेब्बरले घट्दै गएको देखिएको हो ।

उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कले कात्तिक महिनामा नेपालमा वैदेशिक प्रतिबद्धता खुम्चिएर जम्मा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको देखाएको छ । यस्तो लगानी प्रतिबद्धता असोज महिनामा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबर रहेको थियो ।

भदौको अन्तिम सातामा नेपालमा जेनजी आन्दोलन भएकाले भदौ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता ८ अर्ब ९८ करोड ७० लाख १९ हजार रुपैयाँ बराबर आएको थियो । जुन लगानी प्रतिबद्धता साउन महिनाको तुलनामा भने तीन गुणाले कम हो ।

चालु आर्थिक वर्षको साउन महिनामा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

४ महिनामा आयो ३६ अर्ब बढीको लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ४ महिनामा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार समीक्षा अवधिमा ७ वटा ठूला उद्योग, मध्यम स्तरका ६ वटा उद्योग र ३६९ वटा साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

लगानी प्रतिबद्धता आएको मध्ये सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा ५४ प्रतिशत र पर्यटन क्षेत्रमा ३१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ४३ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय