दोस्रो सातामा परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक « Khabarhub

दोस्रो सातामा परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले प्रदर्शनको दोस्रो साता बक्स अफिसमा उछाल ल्याएको छ ।

चलचित्र विकास बोर्डका अनुसार कात्तिक २२ देखि २९ सम्मको आठ प्रदर्शन दिनमा यस फिल्मले ६ करोड २५ लाख २८ हजारको व्यापार गरेको हो ।

यो अवधिमा ‘परान’ हेर्नका लागि दुई लाख १८ हजार ४८६ वटा टिकट बिक्री भएको छ ।

यससँगै कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’को गत शनिबारसम्मको ग्रस कलेक्सन ९ करोड ८६ लाख ९४ हजार पुगेको छ । यस अवधिमा यो फिल्म हेर्नका लागि तीन लाख ४७ हजार १७५ वटा टिकट बिक्री भएको छ ।

यो फिल्म ५८ शोका साथ प्रदर्शनमा आएको थियो । सकारात्मक वल्र्ड अफ माउथका कारण यो फिल्मले प्रदर्शनको चौथो दिनबाट पिकअप लिएको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

कात्तिक २१ बाट प्रदर्शनमा आएका ‘जारी २’ र ‘मन बिनाको धन’सँग बक्स अफिस प्रतिस्पर्धा गर्दा पनि यो फिल्मको व्यापार उत्साहजनक देखिएको छ ।

दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको यस फिल्ममा नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०९ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको