दोस्रो सातामा परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक « Khabarhub

दोस्रो सातामा परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले प्रदर्शनको दोस्रो साता बक्स अफिसमा उछाल ल्याएको छ ।

चलचित्र विकास बोर्डका अनुसार कात्तिक २२ देखि २९ सम्मको आठ प्रदर्शन दिनमा यस फिल्मले ६ करोड २५ लाख २८ हजारको व्यापार गरेको हो ।

यो अवधिमा ‘परान’ हेर्नका लागि दुई लाख १८ हजार ४८६ वटा टिकट बिक्री भएको छ ।

यससँगै कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’को गत शनिबारसम्मको ग्रस कलेक्सन ९ करोड ८६ लाख ९४ हजार पुगेको छ । यस अवधिमा यो फिल्म हेर्नका लागि तीन लाख ४७ हजार १७५ वटा टिकट बिक्री भएको छ ।

यो फिल्म ५८ शोका साथ प्रदर्शनमा आएको थियो । सकारात्मक वल्र्ड अफ माउथका कारण यो फिल्मले प्रदर्शनको चौथो दिनबाट पिकअप लिएको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

कात्तिक २१ बाट प्रदर्शनमा आएका ‘जारी २’ र ‘मन बिनाको धन’सँग बक्स अफिस प्रतिस्पर्धा गर्दा पनि यो फिल्मको व्यापार उत्साहजनक देखिएको छ ।

दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको यस फिल्ममा नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित