नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए « Khabarhub

नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएयता पाँच हजार मतदाता थपिएका छन् । सदरमुकाम धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो हप्ताादेखि मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउने घुइँचो लागिरहेको छ । 
    
यसअघि तोकिएको कात्तिक ३० गतेसम्मको समयावधिमा भने जिल्लामा करिब पाँच हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका हुन् । कार्यालयले निर्वाचन घोषणा भएपछि यसअघि तोकिएको समयसम्ममा करिब पाँच हजार मतदाताले फोटो खिचाएको जनाएको छ । मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको घुइँचो बढेसँगै निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्मलाई समयावधि थप गरेको छ । 

कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार गत कात्तिक ३० गत एकै दिन २६४ जनाले मतदातामा सूचीकृत लागि फोटो खिचाएका छन् । त्यस्तै शनिबार बिदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गर्दा १७ जनाले फोटो खिचाएको मानन्धरले बताए। पछिल्ला केही दिनदेखि दैनिक बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले गत शुक्रबार ३७९ को फोटो खिचाएको मानन्धरले जानकारी दिए । 

पछिल्लो १० दिनको अवधिमा मात्रै दुई हजार ७९८ जनाले फोटो खिचाएको कार्यालयले जनाएको छ । असोज १० देखि कात्तिक २० गतेसम्म दुई हजार १०९ जनाले फोटो खिचाएका थिए । 

यसैबीच जिल्लास्तरीय निर्वाचन समितिले कात्तिक तेस्रो साता नै निर्वाचनको तयारीस्वरुप मतदानस्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरिसेकको छ । गत कात्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोकमा तीन लाख १३ हजार ३५० मतदाता कायम भएका थिए । गत कात्तिक १७ देखि ३० सम्म भने तीन हजार ५०० मतदाता थपिएका हुन् । 

जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र, चार प्रदेशसभा निर्वाचन क्षेत्र, १३ स्थानीय तहमध्ये छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडामा गत निर्वाचनमा १९०  मतदानस्थल र ३८९ मतदान केन्द्र रहेका थिए । जिल्लामा हाल तीन लाख ७५ हजार २२१ जनसङ्ख्या रहेको  छ । 

निर्वाचन आयोगको निर्णयानुसार मतदाता नामावलीलगायत मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोकेबमोजिम वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले बताए । उनका अनुसार कार्यविधिले तोकेको मापदण्डअनुरुप खानीखोला गाउँपालिका–७, भुम्लु गापा–५, चौँरीदेउराली गापा–७, तेमाल गापा–१, बनेपा नपा–१३, धुलिखेल नपाको २ र ५, नमोबुद्ध नपाको २ र ७ तथा पाँचखाल नपाको ५ र ९ का लागि तोकिएका अनुसूची भरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरिएको छ ।
 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ५८ बजे

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन