‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड « Khabarhub

‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ देखि २९ गतेको अवधिमा हलहरुमा दर्शकको उपस्थिति राम्रो देखिएको छ ।

उक्त मितिमा प्रदर्शनमा आएको फिल्म ‘परान’, कात्तिक २१ बाट प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ धन हेर्न दर्शकहरु उल्लेखनीय संख्यामा हलमा पुगेका हुन् ।

१५ प्रदर्शन दिनको अवधिमा यी तीन फिल्म हेर्न देशभरका हलहरुमा ६ लाख ३४ जना दर्शक चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । उक्त संख्याको दर्शक हलमा पुग्दा १७ करोड २२ लाख ५३ हजार बराबरको टिकट बिक्री भएको छ ।

‘परान’ हेर्न तीन लाख ४७ हजार १७५ दर्शक हलमा पुगेका छन् । यस फिल्मको ग्रस कलेक्सन ९ करोड ८६ लाख ९४ हजार छ ।

त्यस्तै, ४ करोड ९२ लाख ग्रस कलेक्सन गरेको फिल्म ‘जारी २’ हेर्न एक लाख ६२ हजार ३३३ वटा टिकट बिक्री भएको छ ।

‘मन बिनाको धन’ले भने कम दर्शकको साथ पाएको छ । दुई करोड ४३ लाख ग्रस कलेक्सन गरेको यस फिल्म हेर्न ९० हजार ५२६ दर्शक मात्रै हलमा पुगेका छन् ।

दीपक आचार्य निर्देशित फिल्ममा नीर शाह शीर्ष भूमिकामा छन् ।

नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिमामा रहेको ‘जारी २’ लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

बाल गायक अशोक दर्जीको जीवनीबाट प्रेरित कथामा बनेको ‘मन बिनाको धन’को शीर्ष कलाकार उनी नै हुन् । गायक तथा संगीतकार टंक बुढाथोकीले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०८ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले