परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका « Khabarhub

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवर्द्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो ।

कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ । कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुन्छ । 

अहिले उनले २० रोपनीमा क्षेत्रमा कोगटीखेती गरिरहेका छन्। कोगटीबाट बनेको खैरो कपडा महङ्गो पर्ने उनको भनाइ छ । उहाँले यसको खेतीबाट गत वर्ष मात्र रु तीन लाख ५० हजार आम्दानी गरेको बताए।

कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ । त्यसलाई तानमा लगाएर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ । बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताए। १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उनले बताए। 

गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका  लागि औजार–उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त  रु ३० लाख बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान–चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।

यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु २५ लाख बराबरको कोगटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वडा नं ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी खेती हुने गरेको छ । यहाँका २५–३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०५ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि