मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश « Khabarhub

मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको सजाय सुनाइएको छ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई जुलाई गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएका हत्याकाण्डको मुख्य दोषी ठहर गरेको छ।

उनीसँगै पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय दिइएको छ । उता पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। उनले राज्यको तर्फबाट साक्षीको भूमिका निर्वाह गरेकालेलाई पाँच वर्षको मात्रै सजाय सुनाइएको हो।

अदालतले हसिना र कमालका सबै सम्पत्ति राज्यको तर्फबाट जफत गर्ने आदेश पनि जारी गरेको छ। तीन सदस्यीय ट्रिब्युनलको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरले गर्दै आएका छन् ।

४५३ पृष्ठको फैसलाबाट उनले मुख्य अंश पढ्न सुरु गरेका थिए। सुरक्षाको दृष्टिले ट्रिब्युनल वरिपरि चार तहको सुरक्षा व्यवस्था मिलाइएको थियो ।

हसिनामाथि विभिन्न पाँचवटा अभियोग थिए, जसमा हत्या रोक्न असफल हुनु, अमानवीय कार्य, विद्यार्थी प्रदर्शन दबाउन घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्न आदेश दिनु, बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या, चाँखारपुलमा ६ जना निहत्था प्रदर्शनकारीको हत्या, पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या र एकलाई जिउँदै जलाउनुसहित समावेश छन्।

७८ वर्षीया शेख हसिनालाई भारतबाट फर्केर अदालतको सामना गर्न दिएको आदेश पनि उल्लङ्घन गरेको आरोप लागेको छ। उता हिरासतमा रहेका मामुनले दोष स्वीकारेका छन्। उता हसिनाले सबै आरोप अस्वीकार गरेकी छन्।

फैसलापछि ढाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ। सडकदेखि अदालत वरिपरि सशस्त्र सेना, सीमा सुरक्षा बल, र्‍यापिड एक्सन ब्याटालियन, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी