प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन् ।

सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उनले अपिल गरिन् ।

त्यस्तै उनले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभइ संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गरिन् । उनले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गरिन् ।

उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराउनुभएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । छलफलका क्रममा नागरिक समाजका अगुवाहरूले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिएको खरेलले बताए ।

उनले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसँग निर्वाचन केन्द्रीत छलफल गर्ने तयारी भएको बताए । छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताए

प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुलाई निर्वाचन गर्न सरकार तत्पर रहेको आभाष भएको उनले बताए । छलफलमा इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : २४ बजे

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका

सडक उपभोग दस्तुर संकलन पुनः सुरु

भैरहवा– नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रूपन्देहीबाट पुनः सुरु

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक