एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा « Khabarhub

एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने भएको छ।

नेकपाले सोमबार ती एकता सभाको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा गठन भइसकेको अवस्थामा देशव्यापी एकता सन्देश सभा गर्न लागिएको हो ।

प्रदेशस्तरीय एकता सन्देश सभाअन्तर्गत सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंसिर १२ गते, लुम्बिनी प्रदेशको राजधानी दाङ-देउखुरीमा मंसिर १३ गते र गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते एकता सन्देशसभा हुने भएको छ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश (काठमाडौं) मा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, संघीय सम्पर्क समन्वय प्रदेश (काठमाडौं) मा मंसिर १९ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते सभा हुने भएको छ।

उता प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते एकता सन्देश सभा आयोजना हुनेछ ।

आगामी मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभा हुने भएको छ ।

मंसिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभा हुने भएको छ। एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहका कार्यालयले गर्ने भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ४७ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा