दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन « Khabarhub

दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सदस्यहरूले उक्त विधेयकलाई अघि बढाउन सहजताका लागि सरकारलाई मस्यौदा सुझाव प्रतिवेदन दिए पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । 

समिति सदस्य बामदेव गौतमले मुलुकमा ठुलो परिवर्तन आए पनि दलित समुदायको अधिकारका लागि कोही पनि गम्भीर हुन नसकेको बरु थिचोमिचो बढ्दै गएको बताए ।  

त्यस्तै अन्य सदस्यहरूले दलित समुदायका नाममा हुने विभेद अन्त्य गर्न कानुनमा नै सुधार गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी