मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ « Khabarhub

मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाडौं गुर्खाजका बलर मिलिन्द कुमारको बलिङ चम्किदा साविक बिजेता जनकपुर बोल्ट दबाबमा परेको छ ।

१३ दशमलव ३ ओभरको खेल भइसक्दा अर्धशतक प्रहार बनाएका ओपनर ब्याटर आशिफ शेख पनि आउट भएपछि जनकपुरको ब्याटिङ दबाबमा परेको हो ।

आशिफ ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाएर मैदानबाट बाहिरिए । उनी काठमाडौंका शाहब आलमको बलमा गेरहानर्ड इराम्मसमार्फत क्याच आउट भएका हुन् ।

१५ ओभरको समाप्तिमा जनकपुर पाँच विकेटको क्षतिमा ८५ रनको दयनीय अवस्थामा छ ।

त्यसअघि अर्का ओपनर लाहिरु मिलन्था दोहोरो अंक नजोडी पवेलियन फर्किए । १२ बल खर्चेर ७ रन जोडेका उनलाई मिलिन्द कुमारले जोन सिम्पसनमार्फत् क्याट आउट गराएका हुन् ।

सुरुवातमा मिलन्दको बलिङ चम्कियो । उनले कप्तानसमेत रहेका अनिल साहलाई रनको खाता खोल्न नदिइ गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराए ।

जनकपुरका जान निकोल लोफ्टी-इटन मिलन्दाको बलमा बोल्ट भए । मिलन्दको बलिङले गर्दा जनकपुरको ब्याटिङ धर्मराएको छ ।

मिलन्दाले महत्त्वपूर्ण तीन विकेट लिँदा सन्तोष यादवले एक विकेट लिए । सन्तोले सञ्जय कृष्णमूर्ति बोल्ट गराए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ११ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा