एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो  « Khabarhub

एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय २ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ । 

देशका ७५ वटा जिल्लामा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको इडिसिडीको तथ्यांक छ । 

सवैभन्दा धेरै संक्रमित रहेको बागमती प्रदेशमा संक्रमितको संख्या २ हजार ८ पुगेको छ भने गण्डकीमा १ हजार ९ सय ७७, लुम्बिनीमा १२ सय ९८, कोशीमा ९ सय ९७, सुदुरपश्चिममा ८ सय ३९, कर्णालीमा ५ सय १३ र मधेश प्रदेशमा १ सय ६५ जनामा डेंगुको संक्रमण देखिएको छ । 

चिसो मौसम सुरु भएसंगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा संक्रमणको दर घटे पनि बागमती प्रदेशमा भने घट्न सकेको छैन । बागमती प्रदेशमा एक सातामा ३ सय ४६ जनामा संक्रमण देखिएको इडिसिडीको तथ्यांक छ ।

 पछिल्लो २४ घण्टामा देशभरबाट १५ जना संक्रमित थपिएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : १३ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर