एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो  « Khabarhub

एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय २ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ । 

देशका ७५ वटा जिल्लामा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको इडिसिडीको तथ्यांक छ । 

सवैभन्दा धेरै संक्रमित रहेको बागमती प्रदेशमा संक्रमितको संख्या २ हजार ८ पुगेको छ भने गण्डकीमा १ हजार ९ सय ७७, लुम्बिनीमा १२ सय ९८, कोशीमा ९ सय ९७, सुदुरपश्चिममा ८ सय ३९, कर्णालीमा ५ सय १३ र मधेश प्रदेशमा १ सय ६५ जनामा डेंगुको संक्रमण देखिएको छ । 

चिसो मौसम सुरु भएसंगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा संक्रमणको दर घटे पनि बागमती प्रदेशमा भने घट्न सकेको छैन । बागमती प्रदेशमा एक सातामा ३ सय ४६ जनामा संक्रमण देखिएको इडिसिडीको तथ्यांक छ ।

 पछिल्लो २४ घण्टामा देशभरबाट १५ जना संक्रमित थपिएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : १३ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)