पहिलो चौमासिकमा छ प्रतिशत विकास खर्च « Khabarhub

पहिलो चौमासिकमा छ प्रतिशत विकास खर्च


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।

चालु आवका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको  २३ दशमलव ८७ प्रतिशत छ । चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा रू चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७ दशमलव १८ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२ दशमलव ६७ प्रतिशत अर्थात् रू एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ ।

यस अवधिको सरकारी राजस्व संकलन तीन खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : २२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले