आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती « Khabarhub

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले आशिफ शेखको अर्धशतकको साथमा १३० रनको बनाएको हो ।

काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सका चार महत्त्पूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए ।

ओपनर लाहिरू मिलन्था १२ बल खर्चेर ७ रन जोडेर आउट भए । कप्तानसमेत समेत रहेका अनिल शाह रनको खाता नखोली पवेलिनय फर्किए ।

यी दुवै काठमाडौंका मिलिन्दा कुमारको बलमा आउट गराए । पहिलो विकेटको रुपमा लाहिरु ४ दशमलव ३ ओभर र अनिल दोस्रो विकेटका रुपमा ४ दशमलव ५ ओभरमा आउट भए ।

त्यस्तै, दोहोरो रन जोड्न नसक्ने दुई ब्याटर जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति हुन् । यी दुवैले समान २-२ अंक जोडे ।

अर्का ओपनर आशफिले भने जनकपुरको ब्यािटङ उकास्ने सक्दो प्रयास गरे । उनले यो सिजको पहिलो अर्धशतकसमेत प्रहार गरे । ४१ बल खेल्दा उनले ६ चौका र एक छक्काको सहयोगमा ५४ रन जोडे

जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति दोहोरो रन जोड्न सकेनन् । उनीहरु समान दुई-दुई रन जोडेर आउट भए ।

आशिफ आउट भएपछि जनकपुरको ब्याटिङ धरासायी हुनबाट मयन यादज र लाहिरु समरकुन बचाए । मयनले २९ बलमा ३४ रन जोडे । उनले दई छक्का र १ चौका प्रहार गरे । समरकुनले २१ बलमा २ छक्काको सहयोगमा २२ रन जोडे ।

चार ओभर बलिङ गरेका मिलन्दा महत्वपूर्ण तीन विकेट लिए । उनले ओपरन मिलन्थालाई जोन सिम्पसन मार्फत्आउट गराए । कप्तान अनिललाई पनि उनैले गेरहार्ड इरास्मस मार्फत् क्याच आउट गराएका हुन् । जान निकोल लोफ्टी-इटनलाई उनैले बोल्ट गरे ।

उनकै बलिङ चल्दा जनकपुर सस्तैमा समेटिएको हो । काठमाडौंका कप्तान करण केसीले एक विकेट लिए । उनले जनकपुरका लाहिरु समरकुनलाई मोहम्मद आदिल आलममार्फत् क्याच आउट गराएका हुन् ।

शहब अलामले जनकपुरबाट सबैभन्दा बढी रन जोड्ने आफिशको विकेट लिए । आशिफ अलामकको बलमा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । सन्तोष यादवले सञ्जय कृष्णमूर्तिको विकेट लिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ३७ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)