सडक उपभोग दस्तुर संकलन पुनः सुरु « Khabarhub

सडक उपभोग दस्तुर संकलन पुनः सुरु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रूपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा–भूमही सडकखण्डमा रहेको संकलन केन्द्रबाट आजदेखि दस्तुर संकलन सुरु गरेको हो ।

यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर संकलन गरिरहेको छ । 

सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही ‘सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१’ बमोजिम दस्तुर संकलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए । उनले अहिले भैरहवा–भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर संकलन सुरु गरिने बताए। 

‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ’, केसीले भने, ‘यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।’

उनले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरूले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरूले बिगारेको बाटो संकलित करबाट मर्मत गरिने बताए। उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर संकलन अब वीरगञ्ज–पथलैया, धरान विराटनगर र नारायणगढ–मुग्लिङ बाटोमा पनि सुरु गरिने बताए। यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर संकलन गरिने उनले जानकारी दिए । 

संकलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ । दस्तुर संकलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ । 

भैरहवा–भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको रु ३०, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको रु २० र तिनपाङ्ग्रे तथा मोटरसाइकलको १० सडक उपभोग दस्तुर तोकिएको छ । यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले संकलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : १२ बजे

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि