उत्कृष्ट करदाताहरू सम्मानित « Khabarhub

उत्कृष्ट करदाताहरू सम्मानित


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’ प्रमुख नाराका साथ १४ औँ राष्ट्रिय कर दिवस मनाएको छ ।

सो अवसरमा आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता एमएडब्लु हायर पर्चेज प्रालिका सञ्चालक प्राणनाथ भट्टराई, उद्योगतर्फ बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रुपमा छनोट भएको हेल्थ एण्ड हाइजिन प्रोडक्सन प्रालि र सोही वर्ष व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रुपमा छनोट भएका अम्बे इम्पोर्ट प्रालिलाई सम्मान गरिएको छ ।

विराटनगर कार्यालयबाट व्यक्तिगत पान नं लिने दुई लाख एक हजार ८५७, व्यवसाय पान नं लिने ५९ हजार ३७७ मध्ये १० हजार ९३५ भ्याटमा दर्ता भएका करदाता रहेको कार्यालय कर्मचारी राजेश साहले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्र निर्माणमा करको ठूलो योगदान रहेको चर्चा गरे। 

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवप्रसाद उप्रेतीले विष्मपरिस्थितिमा कर असुलउपर गर्न चुनौती थपिएको भन्दै व्यवसायी र कर प्रशासनबीच सुमधुर सम्बन्ध रहनु पर्ने बताए।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : २४ बजे

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन