उत्कृष्ट करदाताहरू सम्मानित « Khabarhub

उत्कृष्ट करदाताहरू सम्मानित


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’ प्रमुख नाराका साथ १४ औँ राष्ट्रिय कर दिवस मनाएको छ ।

सो अवसरमा आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता एमएडब्लु हायर पर्चेज प्रालिका सञ्चालक प्राणनाथ भट्टराई, उद्योगतर्फ बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रुपमा छनोट भएको हेल्थ एण्ड हाइजिन प्रोडक्सन प्रालि र सोही वर्ष व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको रुपमा छनोट भएका अम्बे इम्पोर्ट प्रालिलाई सम्मान गरिएको छ ।

विराटनगर कार्यालयबाट व्यक्तिगत पान नं लिने दुई लाख एक हजार ८५७, व्यवसाय पान नं लिने ५९ हजार ३७७ मध्ये १० हजार ९३५ भ्याटमा दर्ता भएका करदाता रहेको कार्यालय कर्मचारी राजेश साहले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्र निर्माणमा करको ठूलो योगदान रहेको चर्चा गरे। 

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवप्रसाद उप्रेतीले विष्मपरिस्थितिमा कर असुलउपर गर्न चुनौती थपिएको भन्दै व्यवसायी र कर प्रशासनबीच सुमधुर सम्बन्ध रहनु पर्ने बताए।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी