एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित « Khabarhub

एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।

ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।

दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए । उनका लागि यो इनिङ सम्झन लायक रहने । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरु मिलन्थामार्फत् क्याच आउट गराएका हुन् ।

१५ ओभर ४ बलसम्म क्रिजमा टिकेका ओपनर आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडे ।

काठमाडौंमा मिलन्द कुमारले २२ बलमा खर्चेर १९ रन जोडे । उनले एक छक्का प्रहार गरे । ६ बल खेलेका जोन सिम्पसनले एक चौका र एक छक्काको सहयोगमा १३ रन जोडे ।

अन्य ब्याटरले जितका लागस दोहोरो अंक बनाउन आवश्यक परेन । गेरहार्ड इरास्मसले एक रन र मोहम्मद आदिल आलमले ८ रन जोड्दा जित काठमाडौंको पक्षमा आयो ।

जनकपुरका कुनै पनि बलरले कमाल गर्न सकेनन् । किशोर महतो, अनि शाह, ललित राजवंशी, जान निकोल लोफ्टी(इटन र सञ्जय कृष्णमूर्तिले समान एक(एक विकेट लिए ।

किशोर यादव खर्चिलो बलर बने । उनले तीन ओभर बलिङ गर्दा एक २८ रन खर्चिए । चार–चार ओभर बलिङ गरेका अनिल शाह र लिलत राजवंशीले समान २६–२६ रन खर्चिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : १३ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार