बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : १६ बजे

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा– तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड