नाइजेरियामा बन्दुकधारी समूहद्वारा २५ छात्रा अपहरण | Khabarhub Khabarhub

नाइजेरियामा बन्दुकधारी समूहद्वारा २५ छात्रा अपहरण


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

लागोस – एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली किशोरी (छात्रा)हरूका लागि पठनपाठन हुने माध्यमिक विद्यालयमा छापा मारेर २५ जनालाई अपहरण गरेका छन् । उक्त अपहरणका क्रममा आक्रमणकारीले एक कर्मचारीको हत्या गरेका छन्।

अशान्त उत्तरपूर्वी क्षेत्रको चिबोकबाट करिब ३०० बालिकाहरू अपहरण भएको र अन्तर्राष्ट्रिय आक्रोश मच्चिएको एक दशकभन्दा बढी समयपछि पछिल्लो आक्रमण भएको हो।त्यसबेलादेखि विद्यालयका बच्चाहरूलाई संलग्न गरिएका अन्य अपहरणहरूका श्रृङ्खलाहरू पनि सार्वजनिक भएका छन् ।

प्रहरीले सोमबार भनेको छ, “अत्याधुनिक हतियारले सुसज्जित समूहले छिटपुट रूपमा गोली चलाउँदै स्थानीय समयअनुसार बिहान ४ः०० बजे केब्बी राज्यको सरकारी ‘गल्र्स कम्प्रिहेन्सिभ सेकेन्डरी स्कूल’मा आक्रमण गरेको थियो ।”

घटनापश्चात, प्रहरीलाई तैनाथ गरिएको तर दुर्भाग्यवस, अपहरणकारीले विद्यालयको बारलाई नाघेर पच्चीस जना विद्यार्थीहरूलाई उनीहरूको छात्रावासबाट अज्ञात गन्तव्यमा लगेका थिए।संयुक्त राष्ट्रसङ्घका लागि तयार पारिएको एक प्रतिवेदनमा उक्त विद्यालयका उपप्रमुखको गोली लागेर मृत्यु भएको उल्लेख छ भने एक जना सुरक्षा गार्ड घाइते भएका छन् ।

अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्न र गिरोहहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको प्रहरीले बताएको छ। प्रहरीले भनेको छ, “सेना, प्रहरी सामरिक एकाइहरू र स्थानीय सहयोगी लडाकूहरू ‘त्यस क्षेत्रमा तैनाथ गरिएको छ र उनीहरूले हाल लुटेराहरूको मार्ग र नजिकैको जङ्गलमा खोजी गरिरहेका छन्।”

नाइजेरियाको उत्तरपश्चिममा वर्षौंदेखि ‘डाकु’ भनेर चिनिने भारी सशस्त्र आपराधिक गिरोहहरूको वृद्धि भइरहेको छ । उनीहरूले गाईवस्तु चोर्ने, गाउँहरूमा छापा मार्ने, बासिन्दाहरूलाई अपहरण गर्ने र हत्या गर्ने र घरहरूमा लुटपाट मच्चाउने र आगजनी गर्ने गरेको पाइन्छ।

नाइजेरियाको उत्तरपश्चिम क्षेत्र अपहरणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ।अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरिया सन् २००९ मा देशको उत्तरपूर्वी चाड बेसिनमा बोको हराम समूहको उदयपछि सशस्त्र हिंसाबाट ग्रस्त छ।

सन् २०१४ को अप्रिल १४ मा चिबोक शहरबाट २७६ जना स्कुले छात्राको अपहरण भएको घटना विश्वभर चर्चामा आएको थियो । बन्धकमध्ये १०० जना अझै बेपत्ता छन् ।गत वर्षको मार्चमा अर्को उत्तरपश्चिमी राज्य कडुनाको कुरिगामा बन्दुकधारीले १३० भन्दा बढी स्कुले बालबालिकालाई अपहरण गरेका थिए । पछि उनीहरूलाई सकुशल रिहा गरिएको थियो।

नाइजेरियामा अपहरणको तथ्याङ्क मुख्य रूपमा यथार्थभन्दा कम सार्वजनिक गरिने गरेकोले अविश्वसनीय मान्ने गरिएको छ। सेभ द चिल्ड्रेनको गत वर्ष सार्वजनिक एक रिपोर्ट अनुसार नाइजेरियाका स्कूलहरूमा सन् २०१४ को सुरुदेखि सन् २०२२ को अन्त्यसम्म एक हजार ६८० भन्दा बढी विद्यार्थीहरू अपहरण गरिएको थियो। देश धेरै मोर्चामा सुरक्षा चुनौतीहरूसँग जुधिरहेको बेला, बन्धक बनाउने कुरा राष्ट्रव्यापी बनेको र डाँकु गिरोह र जिहादीहरूको मनपर्ने रणनीति बनेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : २७ बजे

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ

बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर

काठमाडौं- बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट