संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस « Khabarhub

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अदालत नजाने स्पष्ट पारेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेलाई कांग्रेसको प्राथमिकतामा चुनाव रहेको बताएका हुन्।

सभामुखले आइतबार कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकसँग संयुक्त छलफल गरेका थिए। भेटमा कांग्रेसका तर्फबाट घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालत नजाने जानकारी गराएका हुन्।

घिमिरेकै अगुवाइमा विघटित प्रतिनिधि सभाका कांग्रेसका केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि सभापति शेरबहादुर देउवा पक्षकै कतिपय सांसदले हस्ताक्षर गरेनन् भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले हस्ताक्षर अभियानप्रति असहमति नै राखेका थिए।

छलफलमा एमालेका बर्तौलाले भने कांग्रेस र एमालेले निर्णय गर्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै अदालत जान सकिने बताएका थिए। यसअघि सभामुख घिमिरे आफैँ प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा अदालत जाने तयारी गरे पनि पछि हटेका थिए।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। सोही दिन प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। अहिले दल दर्ताको काम धमाधम भइरहेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : २७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण