दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’ « Khabarhub

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । पछिल्लो समय उन्नत नश्लका गाई र भैँसी को व्यावसायिक पालन हुन थालेपछि जिल्ला दूधमा आत्मनिर्भर भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी खड्कबहादुर पाण्डेयले सरकारले व्यावसायिक पशुपालनमा अनुदान दिन थालेपछि मासुमा समेत आत्मनिर्भर भएको जानकारी दिए । उनका अनुसार कञ्चनपुरमा एक लाख ४८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

यसमा भैँसीको ४३ हजार पाँच सय पाँच मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने गाईको ५४ हजार आठ सय १७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता भए पनि १३४ लिटर दूध उत्पादन हुने गरेको सूचना अधिकारी पाण्डेयले बताए ।

जिल्लामा दुई हजार तीन सय २७ मेट्रिक टन बाख्राको मासु उत्पादन हुने गरेको छ भने भैँसी÷राँगाको चार हजार ९९७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । ब्रोइलर कुखुराको मासु एक हजार २०८ मेट्रिक टन र स्थानीय कुखुराको मासु ७७ मेट्रिक टन उत्पादन हुने गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा २७० हेक्टरमा निर्मित माछा पोखरीबाट एक हजार ३५७ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ भने १७२ हेक्टरमा रहेको प्राकृतिक पोखरीबाट ४१७ मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्याङ्क छ । यहाँ वार्षिक प्रतिव्यक्ति १४ किलो मासु आवश्यक रहेकामा १४ दशमलव पाँच किलो उत्पादन हुने गरेको छ ।

“कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ । दोधारा चाँदनीमा हुने उत्पादन छिमेकी देश भारतका सहरमा निर्यात हुने गरेको छ भने अन्य ठाउँको कैलालीमा निर्यात हुने गरेको छ”, सूचना अधिकारी पाण्डेयले भने, “पछिल्लो समय किसानले व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध र मासु उत्पादन बढेको हो ।”

सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यवसायिक रूपमा पशुपालन गर्न थालेका र घाँसखेतीसमेत बढ्न थालेपछि यसमा सहज भएको जनाइएको छ । दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको दुग्ध विकास संस्थान (डिडिसी)ले खरिद गर्ने गरेको छ ।

श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए । “भारतका व्यापारीहरू दूध खरिदका लागि यही आउने गरेका छन् । हामीमध्ये केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्”, उनले भने, “गाईभैँसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रूपमा पशुपालनमा लागेका छन् ।”

संयोजक पुनले ४१ जनाको समूह बनाएर हाल भैँसीपालन भइरहेको बताए । “पहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ७० लाख अनुदान पायौँ, त्यसले भैँसीपालनमा सहज भयो”, उनले भने, “हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालनसमेत गरिरहेका छन् ।”

व्यावसायिक कृषिको विकास गर्ने लक्ष्यअनुसार चालु आर्थिक वर्षमा यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि प्रत्येक पालिकाका लागि रु ४० लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ०१ बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक