राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक « Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबीच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

राप्रपा पोखरा महानगर समितिको नगर अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशलाई राजनीतिक निकास दिन प्रधानमन्त्रीले सर्वपक्षीय सहमतिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले राप्रपाले उठाउँदै आएको सुशासनलगायतका मुद्दा जेनजीले उठाएर अगाडि बढेकाले राप्रपाले जेनजीलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

पार्टीका महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने भनाइ राख्दै ठूला दलहरुबाट आजित भएका नेपाली जनताले परिवर्तन खोजिरहेकाले त्यसकै फलस्वरुप अहिलेको अवस्था आएको बताए ।

पोखरा नगर अधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : १८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर