एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी « Khabarhub

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाण्डू गुर्खाजका कप्तान करण केसीले ‘ऐतिहासिक क्षण’को संज्ञा दिएका छन्।

उद्घाटन खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले टोलीको सुरुवात उत्कृष्ट भएको बताए।

‘यो टोलीका लागि ‘ग्रेट स्टार्ट’ हो,’ केसीले भने, ‘खेलमा केही गल्तीहरू भए, तर हामीले खेलमा राम्रो पुनरागमन गर्‍यौ।’

उनले नेपाली समर्थकको अगाडि रात्रिकालीन खेल खेल्नु ‘अद्भूत अनुभव’ रहेको बताए।

आगामी खेल योजनाबारे सोधिएको प्रश्नमा केसीले टोलीले ‘एक पटकमा एक खेल’को रणनीतिमा ध्यान केन्द्रित गर्ने बताए। ‘हामी पहिलो खेलमा भएका गल्तीहरू सुधार्दै अघि बढ्नेछौँ,’ उनले थपे।

साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २४ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले