शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ « Khabarhub

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख हसिनाबारे इन्टरनेशनल क्राइम्स ट्रिब्युनल अफ बंगलादेश ले सुनाएको फैसलाबारे जानकार रहेको जनाएको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत बंगलादेशको नजिकको छिमेकी भएको नाताले त्यहाँको शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरतासहित जनताका हितप्रति प्रतिबद्ध रहने उल्लेख गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘भारत बंगलादेशका जनताको सबै भन्दा राम्रो हितमा प्रतिबद्ध छ। शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरताको प्रवर्द्धनका लागि भारत सधैं सबै पक्षसँग रचनात्मक रूपमा संलग्न रहन्छ।’

भारतले बंगलादेशसँगको सम्बन्धलाई दीगो र स्थिर बनाउने प्रयास निरन्तर जारी रहने बताएको छ। बंगलादेशको अदालतले भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि नयाँदिल्लीले मुख खोलेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २४ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु