शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ « Khabarhub

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख हसिनाबारे इन्टरनेशनल क्राइम्स ट्रिब्युनल अफ बंगलादेश ले सुनाएको फैसलाबारे जानकार रहेको जनाएको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत बंगलादेशको नजिकको छिमेकी भएको नाताले त्यहाँको शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरतासहित जनताका हितप्रति प्रतिबद्ध रहने उल्लेख गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘भारत बंगलादेशका जनताको सबै भन्दा राम्रो हितमा प्रतिबद्ध छ। शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरताको प्रवर्द्धनका लागि भारत सधैं सबै पक्षसँग रचनात्मक रूपमा संलग्न रहन्छ।’

भारतले बंगलादेशसँगको सम्बन्धलाई दीगो र स्थिर बनाउने प्रयास निरन्तर जारी रहने बताएको छ। बंगलादेशको अदालतले भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि नयाँदिल्लीले मुख खोलेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २४ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले