शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह « Khabarhub

शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नु परेको बताएका छन्।

उद्घाटन खेलमा सोमबार (मंसिर १) काठमान्डू गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ। उक्त हारपछि कप्तान साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोरेको बताएका हुन्। राम्रो साझेदारी गर्न नसक्दा ब्याटिङ दबाब भएको उनले उल्लेख गरे।

सुरुआत राम्रो हुन नसक्दा १६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो। आफूहरूले दिएको लक्ष्य धेरै न्यून रहेको पनि उनले उल्लेख गरे। निरन्तर विकेट गइरहँदा पनि साझेदारी बन्न नसक्नु खराब पक्ष रहेको उनको भनाइ छ। पिचले स्पिनरलाई केही मद्दत गरेको कप्तान अनिलले बताए।

डिफेन्डिङ च्याम्पियन भएकाले आफूहरूमा कुनै दबाब नरहेको उनले स्पष्ट पारेका छन्। यद्यपि, उपाधि रक्षा गर्ने तरिकाले बाँकी खेल खेल्ने उनी बताउँछन्। दोस्रो खेलका लागि पनि समय रहेकाले सुधार हुने उनको अपेक्षा छ। पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट खेल्न पाउँदा धेरै खुसी लागेको उनले उल्लेख गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : २७ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित