औद्योगिक ग्रामको काम अघि बढेन « Khabarhub

औद्योगिक ग्रामको काम अघि बढेन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्न सकेको छैन । हाल पर्खाल लगाउने काम मात्रै भएको छ ।

उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले हाल जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम भएको र केही समयमा टहरा निर्माण गरिने बताए । टहरा निर्माणपछि खानेपानी, विद्युत्लगायत सुविधा उपलब्ध गराएपछि व्यवसायीहरु बस्न सहज हुने उनको भनाइ छ ।

औद्योगिक ग्रामका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन भएको छ । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो कार्यकालमै सोही ठाउँमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिकाबाट निर्णय गरेको थियो ।

साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी छनोट गरिएको छ । त्यहाँको करिब २५ बिघा जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ४३ बजे

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ ।

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार

काठमाडौं– बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु