सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी « Khabarhub

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका लागि नयाँ फोर्स बनाउने भएको छ । सो फोर्सको नाम ‘नेशनल भोलेन्टियर फोर्स’ रहने पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

‘नेशनल भोलेन्टियर फोर्स’लाई राष्ट्र, राज्य र संगठनको आवश्यकताका आधारमा परिचालन गरिने व्यवस्थित संरचनाका रूपमा विकास गर्न लागिएको उनले बताए । राष्ट्रिय युवा संघ नेपाल, वाग्मती प्रदेशद्वारा सोमबार काठमाडौंमा आयोजित ‘युवा जागरण अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उनले फोर्सको संरचना, नेतृत्व र परिचालनसम्बन्धी स्पष्ट प्रारूप तय भइसकेको जानकारी दिए ।

उनका अनुसार नेशनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्डका आधारमा सञ्चालन हुनेछ। पाँच सदस्यीय ‘हाइकमाण्ड’मार्फत निर्देशन र व्यवस्थापन गरिने र आवश्यकताअनुसार टोल–टोलमा समेत सोही मार्फत ‘सुरक्षा समिति’ गठन गरिने तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘नेशनल भोलेन्टियर फोर्सले नीतिको नेतृत्व, राष्ट्रको सुरक्षा र राज्यका अप्ठेरा क्षणमा समेत भूमिकाको जिम्मेवारी वहन गर्नेछ, यसलाई व्यवस्थित रूपमा परिचालन गर्न हाइकमाण्ड प्रणाली लागू हुन्छ।’

ढकालले पार्टीका सबै तहबाट सिफारिसका आधारमा एकीकृत संरचना बनाउने तयारी भइरहेको बताए । पार्टी जिल्ला कमिटीको सिफारिसमा प्रत्येक जिल्लाबाट एक–एक जना, प्रदेशबाट दुई–दुई जना तथा क्षमता र सक्रियताका आधारमा अन्य सदस्य समेटेर झन्डै २ सय २५ सदस्यीय केन्द्रीय कमाण्ड गठन गर्ने प्रक्रिया अघि बढाइको उनले जानकारी दिए ।

स्थानीय तहसम्म पनि सुरक्षा संरचना विस्तार गरिने उल्लेख गर्दै उनले कामको मूल्याङ्कन र क्षमताको आधारमा नेतृत्व चयन गरिने तथा पार्टी नेतृत्वको परामर्शमा जिम्मेवारी तोकिने बताए ।फोर्सको औपचारिक घोषणा मंसिर ५ गते गर्ने तयारी रहेको ढकालको भनाइ छ।

उनका अनुसार यो संरचना राजनीतिक गतिविधिमा मात्र सीमित नभई राज्यलाई अप्ठेरो परेको बेला समेत सहयोग र सुरक्षा प्रदान प्रकृतिको हुने उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : १३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।