सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी « Khabarhub

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका लागि नयाँ फोर्स बनाउने भएको छ । सो फोर्सको नाम ‘नेशनल भोलेन्टियर फोर्स’ रहने पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

‘नेशनल भोलेन्टियर फोर्स’लाई राष्ट्र, राज्य र संगठनको आवश्यकताका आधारमा परिचालन गरिने व्यवस्थित संरचनाका रूपमा विकास गर्न लागिएको उनले बताए । राष्ट्रिय युवा संघ नेपाल, वाग्मती प्रदेशद्वारा सोमबार काठमाडौंमा आयोजित ‘युवा जागरण अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उनले फोर्सको संरचना, नेतृत्व र परिचालनसम्बन्धी स्पष्ट प्रारूप तय भइसकेको जानकारी दिए ।

उनका अनुसार नेशनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्डका आधारमा सञ्चालन हुनेछ। पाँच सदस्यीय ‘हाइकमाण्ड’मार्फत निर्देशन र व्यवस्थापन गरिने र आवश्यकताअनुसार टोल–टोलमा समेत सोही मार्फत ‘सुरक्षा समिति’ गठन गरिने तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘नेशनल भोलेन्टियर फोर्सले नीतिको नेतृत्व, राष्ट्रको सुरक्षा र राज्यका अप्ठेरा क्षणमा समेत भूमिकाको जिम्मेवारी वहन गर्नेछ, यसलाई व्यवस्थित रूपमा परिचालन गर्न हाइकमाण्ड प्रणाली लागू हुन्छ।’

ढकालले पार्टीका सबै तहबाट सिफारिसका आधारमा एकीकृत संरचना बनाउने तयारी भइरहेको बताए । पार्टी जिल्ला कमिटीको सिफारिसमा प्रत्येक जिल्लाबाट एक–एक जना, प्रदेशबाट दुई–दुई जना तथा क्षमता र सक्रियताका आधारमा अन्य सदस्य समेटेर झन्डै २ सय २५ सदस्यीय केन्द्रीय कमाण्ड गठन गर्ने प्रक्रिया अघि बढाइको उनले जानकारी दिए ।

स्थानीय तहसम्म पनि सुरक्षा संरचना विस्तार गरिने उल्लेख गर्दै उनले कामको मूल्याङ्कन र क्षमताको आधारमा नेतृत्व चयन गरिने तथा पार्टी नेतृत्वको परामर्शमा जिम्मेवारी तोकिने बताए ।फोर्सको औपचारिक घोषणा मंसिर ५ गते गर्ने तयारी रहेको ढकालको भनाइ छ।

उनका अनुसार यो संरचना राजनीतिक गतिविधिमा मात्र सीमित नभई राज्यलाई अप्ठेरो परेको बेला समेत सहयोग र सुरक्षा प्रदान प्रकृतिको हुने उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ११ : १३ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर