आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ? « Khabarhub

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीनमाथि सबै टिमको आकर्षण देखिएको छ। उनले आईपीएल इतिहासमै विदेशी खेलाडीका लागि अहिलेसम्मकै उच्च मोल पाएका छन्। केकेआरले अस्ट्रेलियन अलराउन्डर ग्रीनलाई २५ करोड २० लाख कीर्तिमानी मूल्यमा आफ्नो टोलीमा ल्याएको हो। यो रकम कुनै पनि फ्रेन्चाइज प्रतियोगितामा विदेशी खेलाडीका लागि तिरेको सर्वाधिक रकम हो। यसअघि आईपिएलमै मिचेल स्टार्क २४ करोड ७५ लाखमा बिकेका थिए।

केकेआरले नै श्रीलंकाका बलर मथिसा पाथिरानालाई १८ करोड लगानी गर्दा मुस्तफिजुर रहमानलाई ९ करोड २० लाखमा भित्र्याएको छ।

सनराइजर्स हैदरावादले लियाम लिभिङस्टोनलाई १३ करोड लगानी गर्दा लखनउले जोस इंग्लिसलाई आठ करोड ६० लाख खर्च गरेको छ।

यो सिजन अंक्सनमा चेन्नई सुपर किंग्सले प्रशान्त वीर र कात्तिक शर्माका लागि १४ करोड २० लाखका दरले २८ करोड ४० लाख खर्च गरेको छ। आईपीएलमा अनक्याप्ड खेलाडीका लागि यत्ति ठुलो रकम इतिहासमै पहिलो पटक खर्च भएको हो।

अनक्याप्ड सूचीमै रहेका औकिब दारलाई दिल्ली क्यापिटल्सले आठ करोड ४० लाख तिर्दा आरसिबीले मंगेश यादवलाई ५ करोड २० लाख खर्च गरेको छ।

मंगलबार १० फ्रेन्चाइज टोलीले ७७ खेलाडीका लागि दुई सय १५ करोड ४५ लाख खर्च गरेका छन्। यो अक्सनमा विदेशी खेलाडी आकर्षक मूल्यमा बिकेका हुन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : १६ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका