आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ? « Khabarhub

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीनमाथि सबै टिमको आकर्षण देखिएको छ। उनले आईपीएल इतिहासमै विदेशी खेलाडीका लागि अहिलेसम्मकै उच्च मोल पाएका छन्। केकेआरले अस्ट्रेलियन अलराउन्डर ग्रीनलाई २५ करोड २० लाख कीर्तिमानी मूल्यमा आफ्नो टोलीमा ल्याएको हो। यो रकम कुनै पनि फ्रेन्चाइज प्रतियोगितामा विदेशी खेलाडीका लागि तिरेको सर्वाधिक रकम हो। यसअघि आईपिएलमै मिचेल स्टार्क २४ करोड ७५ लाखमा बिकेका थिए।

केकेआरले नै श्रीलंकाका बलर मथिसा पाथिरानालाई १८ करोड लगानी गर्दा मुस्तफिजुर रहमानलाई ९ करोड २० लाखमा भित्र्याएको छ।

सनराइजर्स हैदरावादले लियाम लिभिङस्टोनलाई १३ करोड लगानी गर्दा लखनउले जोस इंग्लिसलाई आठ करोड ६० लाख खर्च गरेको छ।

यो सिजन अंक्सनमा चेन्नई सुपर किंग्सले प्रशान्त वीर र कात्तिक शर्माका लागि १४ करोड २० लाखका दरले २८ करोड ४० लाख खर्च गरेको छ। आईपीएलमा अनक्याप्ड खेलाडीका लागि यत्ति ठुलो रकम इतिहासमै पहिलो पटक खर्च भएको हो।

अनक्याप्ड सूचीमै रहेका औकिब दारलाई दिल्ली क्यापिटल्सले आठ करोड ४० लाख तिर्दा आरसिबीले मंगेश यादवलाई ५ करोड २० लाख खर्च गरेको छ।

मंगलबार १० फ्रेन्चाइज टोलीले ७७ खेलाडीका लागि दुई सय १५ करोड ४५ लाख खर्च गरेका छन्। यो अक्सनमा विदेशी खेलाडी आकर्षक मूल्यमा बिकेका हुन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : १६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक