सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त « Khabarhub

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् ।

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर उनले यसमा एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई ६ बिघा विस्तार गरेका छन् ।

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनी भन्छन्– ‘सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडौं पनि पठाउने गरिएको छ ।’

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहनुभएका उनले प्रतिकट्ठा वार्षिक तीन हजार तिर्ने गरेको बताए । उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

काठमाडौंमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गरेका उद्यमी लोहनीले भने, ‘सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।’

गत वर्ष प्रतिकेजी एक सय ५० रुपैयाँसम्म मूल्य पाएको कागती यस वर्ष ८० रुपैयाँमा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ४७ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन