को हुन् महिला राष्ट्रिय क्रिकेट टिमका पहिलो विदेशी प्रशिक्षक हर्षल पाठक ? « Khabarhub

को हुन् महिला राष्ट्रिय क्रिकेट टिमका पहिलो विदेशी प्रशिक्षक हर्षल पाठक ?



काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मूलका हर्षल जयन्त पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् ।

यस कदमलाई नेपाली महिला क्रिकेटको स्तर उकास्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमलाई बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

क्यानले पहिलो पटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गर्ने उद्देश्यका साथ आवेदन खोलेको थियो । आवेदनका लागि उम्मेदवारसँग कम्तीमा पाँच वर्षको व्यवसायिक क्रिकेट प्रशिक्षण अनुभव र ईसीबी वा सीए लेभल–३ (वा सो सरह) प्रमाणपत्र आवश्यक थियो । करिब ७० जना प्रशिक्षकले आवेदन दिएका थिए, तर सात वर्षभन्दा बढी अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव बोकेका पाठक छनोटमा परेका हुन् ।

पाठक सन् २०१८ देखि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा डिरेक्टर अफ क्रिकेटका रूपमा कार्यरत थिए । उनको प्रशिक्षण नेतृत्वमा थाइल्यान्डले एसिया छनोट र ग्लोबल छनोट पार गर्दै पहिलोपटक महिला टी–२० विश्वकपमा स्थान बनाएको थियो । सो विश्वकपमा थाइल्यान्डले टेस्ट राष्ट्र पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो ।

नेपाल आउने सन्दर्भमा पाठकको मुख्य चुनौती नेपाली महिला टोलीलाई विश्वकपमा पुर्‍याउनु हुनेछ । नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

व्यक्तिगत पृष्ठभूमि
भारतको पुणेमा जन्मिएका पाठकले प्रारम्भमा खेलाडीको रूपमा क्रिकेट खेले । तर २१ वर्षको उमेरमा आँखामा चोट लागेपछि उनी खेलाडी जीवनबाट प्रशिक्षणतर्फ उन्मुख भए । उनले पुणेको काडेन्स क्रिकेट एकेडेमीबाट सहायक प्रशिक्षकको रूपमा करियर सुरु गरे र पछि मुख्य प्रशिक्षक बने। यसैबीच उनले बीसीसीआई लेभल–१ र लेभल–२ को कोचिङ प्रशिक्षण पूरा गरे ।

सन् २०१४ मा पाठकले रनजी ट्रफीमा महाराष्ट्र पुरुष टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरे, जहाँ टोली २१ वर्षपछि फाइनलमा पुगेको थियो । त्यसपछि उनी महिला क्रिकेटमा सक्रिय भए र सन् २०१५ देखि करिब साढे दुई वर्ष भारतीय स्टार ब्याट्सम्यान हर्मनप्रीत कौरको व्यक्तिगत ब्याटिङ कोच बने । पाठकको प्रशिक्षणले कौरको ब्याटिङमा उल्लेखनीय सुधार ल्याएको भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूले देखाउँछन्।

सन् २०१८ मा थाइल्यान्ड महिला टोलीको प्रशिक्षक नियुक्त भएपछि पाठकले टोलीलाई ऐतिहासिक उपलब्धि दिलाए । यही सफलता र अनुभवको आधारमा उनी अहिले नेपाली महिला क्रिकेट टिमसँग जोडिएका छन् ।

पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।

महत्त्वपूर्ण कदम
यसअघि नेपाली महिला टोलीमा भारतीय प्रशिक्षक कन्सल्ट्यान्ट वा व्याटिङ प्रशिक्षकका रूपमा आएका भए पनि मुख्य प्रशिक्षक भने नेपाली नै थिए । पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।

पाठकको लक्ष्य टिममा सकारात्मक वातावरण निर्माण गर्नु, खेलाडीलाई आत्म–प्रेरित बनाउनु र टीमको सफलता केन्द्रित सोच प्रवर्द्धन गर्नु रहेको छ । यस दृष्टिकोणले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ०८ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका