को हुन् महिला राष्ट्रिय क्रिकेट टिमका पहिलो विदेशी प्रशिक्षक हर्षल पाठक ? « Khabarhub

को हुन् महिला राष्ट्रिय क्रिकेट टिमका पहिलो विदेशी प्रशिक्षक हर्षल पाठक ?



काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मूलका हर्षल जयन्त पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् ।

यस कदमलाई नेपाली महिला क्रिकेटको स्तर उकास्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमलाई बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

क्यानले पहिलो पटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गर्ने उद्देश्यका साथ आवेदन खोलेको थियो । आवेदनका लागि उम्मेदवारसँग कम्तीमा पाँच वर्षको व्यवसायिक क्रिकेट प्रशिक्षण अनुभव र ईसीबी वा सीए लेभल–३ (वा सो सरह) प्रमाणपत्र आवश्यक थियो । करिब ७० जना प्रशिक्षकले आवेदन दिएका थिए, तर सात वर्षभन्दा बढी अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव बोकेका पाठक छनोटमा परेका हुन् ।

पाठक सन् २०१८ देखि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा डिरेक्टर अफ क्रिकेटका रूपमा कार्यरत थिए । उनको प्रशिक्षण नेतृत्वमा थाइल्यान्डले एसिया छनोट र ग्लोबल छनोट पार गर्दै पहिलोपटक महिला टी–२० विश्वकपमा स्थान बनाएको थियो । सो विश्वकपमा थाइल्यान्डले टेस्ट राष्ट्र पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो ।

नेपाल आउने सन्दर्भमा पाठकको मुख्य चुनौती नेपाली महिला टोलीलाई विश्वकपमा पुर्‍याउनु हुनेछ । नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

नेपाली टोलीले यसपटक पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । यसैले पाठकको अनुभव र रणनीतिक नेतृत्व टिमका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

व्यक्तिगत पृष्ठभूमि
भारतको पुणेमा जन्मिएका पाठकले प्रारम्भमा खेलाडीको रूपमा क्रिकेट खेले । तर २१ वर्षको उमेरमा आँखामा चोट लागेपछि उनी खेलाडी जीवनबाट प्रशिक्षणतर्फ उन्मुख भए । उनले पुणेको काडेन्स क्रिकेट एकेडेमीबाट सहायक प्रशिक्षकको रूपमा करियर सुरु गरे र पछि मुख्य प्रशिक्षक बने। यसैबीच उनले बीसीसीआई लेभल–१ र लेभल–२ को कोचिङ प्रशिक्षण पूरा गरे ।

सन् २०१४ मा पाठकले रनजी ट्रफीमा महाराष्ट्र पुरुष टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरे, जहाँ टोली २१ वर्षपछि फाइनलमा पुगेको थियो । त्यसपछि उनी महिला क्रिकेटमा सक्रिय भए र सन् २०१५ देखि करिब साढे दुई वर्ष भारतीय स्टार ब्याट्सम्यान हर्मनप्रीत कौरको व्यक्तिगत ब्याटिङ कोच बने । पाठकको प्रशिक्षणले कौरको ब्याटिङमा उल्लेखनीय सुधार ल्याएको भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूले देखाउँछन्।

सन् २०१८ मा थाइल्यान्ड महिला टोलीको प्रशिक्षक नियुक्त भएपछि पाठकले टोलीलाई ऐतिहासिक उपलब्धि दिलाए । यही सफलता र अनुभवको आधारमा उनी अहिले नेपाली महिला क्रिकेट टिमसँग जोडिएका छन् ।

पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।

महत्त्वपूर्ण कदम
यसअघि नेपाली महिला टोलीमा भारतीय प्रशिक्षक कन्सल्ट्यान्ट वा व्याटिङ प्रशिक्षकका रूपमा आएका भए पनि मुख्य प्रशिक्षक भने नेपाली नै थिए । पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्दा पाठकले टिममा नयाँ रणनीति, व्यावसायिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने विश्वास गरिएको छ ।

पाठकको लक्ष्य टिममा सकारात्मक वातावरण निर्माण गर्नु, खेलाडीलाई आत्म–प्रेरित बनाउनु र टीमको सफलता केन्द्रित सोच प्रवर्द्धन गर्नु रहेको छ । यस दृष्टिकोणले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ०८ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक