श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित « Khabarhub

श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टी उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पदबाट निलम्बन गरेको छ।

अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार तामाङलाई विगत केही वर्षदेखि भएका राजनीतिक गतिविधिका कारण २०८२ साल भदौ १ गतेदेखि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो। 

सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाइएको छ।

पार्टीले उक्त निर्णय आजकै मितिदेखि लागू हुने गरी गरिएको स्पष्ट पारेको छ। यो निर्णयबारे सबैलाई जानकारी गराउन विज्ञप्ति जारी गरिएको केन्द्रीय गरेका छन्।

उपाध्यक्ष तामाङमाथि भइरहेको अनुसन्धानको विषय र प्रकृतिबारे भने खुलाइएको छैन।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : ५५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६